5
(1)

तीजको चाडबाडमा नाच्नको लागि नया पुराना गीतहरु निकै घन्किने गरेका छन्। नया गीतहरु मध्ये यो बर्षको तीजको सेरोंफेरोमा सार्वजनिक भई धेरै पटक हेरीएको दुई चर्चित तीज गीत हुन- “चरी जेलैमा २” र “माँझी दाई” ।

पहिलो गायिका बिष्णु माँझीको “चरी जेलैमा २” बोलको गीत ७० लाख भन्दा बढ़ीपटक हेरीएर चर्चामा रहेको छ भने शान्ति श्री परियारको स्वरमा “माँझी दाई” बोलको गीत ४५ लाख पटक यूटूबमा हेरीएको छ। एक गीतमा बिष्णु माँझी दिदीको स्वर त अर्कोमा गीतको बोल नै माँझी दाई पनि संयोग नै परेछ।

बिष्णु माँझीका गीतहरु तीजमा नसुने खल्लो लाग्ने प्रतिक्रियाहरु आइरहेको हुन्छ। मीडियामा नदेखिने स्वभावका कारण पनि बिष्णु माँझी प्रति आम श्रोता दर्शकहरुको चासो बढ़ेको पाईएको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.