5
(1)

अहिलेका चर्चित दोहोरी गायक अर्जुन सापकोटाको चिसो मौसममा आएको “पछ्यौरी लिसियो” बोलको गीत एक महीनाको अवधिमा एक करोड़ यूटूब क्लबमा पुग्ने निश्चित देखिएको छ। यो गीत हालसम्म ९२ लाख पटक यूटूबमा हेरीएको छ।

अर्जुनकै संगीत रहेको यो गीतमा समीक्षा अधिकारी र रबिन लामिछानेको समेत स्वर छ। रचना भने रबिनले गरेका हुन। काजिस श्रेष्ठको निर्देशनमा बनेको भिडियोमा बिमल अधिकारी, अंजलि अधिकारी लगायत चर्चित यूटूबर पुण्य गौतमको अभिनय समेत हेर्न सकिन्छ।

गत बर्ष गायक अर्जुन र गायिका देवी घर्ती मगरले गाएको “बनकी चरी” बोलको अत्यन्त लोकप्रिय गीतलाई समेत “पछ्यौरी लिसियो”ले जितेको छ। “बनकी चरी” हालसम्म यूटूबमा ७९ लाख भ्यूज रहेको छ। गायकले “बनकी चरी-२” ल्याउने घोषणा यसै साता गरेका छन।

हालै गायक अर्जुनले गायनको कमाईले आधा करोड़ पर्ने गाड़ी चढन थालेको आर्टिस्ट ख़बरसंगको एक अंतरबार्तामा उल्लेख गरेका थिए।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.