5
(1)

भाद्रको पहिलो दिनबाट प्रदर्शनमा आऊने नेपाली कथानक चलचित्र जुलेबीको “आज मन” बोलको गीत यो साता सार्वजनिक भएको छ। निर्देशक गणेश देव पाण्डेले रत्नपार्कको कथालाई चलचित्रमा उतारेका छन।कलाकारहरु सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक, शुशील सिटौला, पुष्कर कार्की, मोनिका थापा लगायत कलाकारहरुको अभिनय रहेको यो चलचित्रलाई निकै आशा गरीएको छ।

चलचित्र “जुलेबी” ले रत्नपार्क वरपर रहेका कथामा प्रेम, यौन र आकर्षणलाई फ़रक प्रयोगका साथ निर्देशन गरेको गणेश देव पाण्डेले अन एयर विथ संजय पोड़काष्टमा बताएका छन्। मंजरी, गाजा बाजा, चिनी कम रंग कडा नामक चलचित्रहरुको निर्देशन गरीसकेका गणेशले चियावाला नामको पसल खोलेर समेत चर्चामा आएका थिए।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.