5
(2)

“चरी जेलैमा” बोलको तीज गीत दोश्रो साता यूटूबमा सत्तरी लाख पटक हेरीएर चर्चामा चुलिएको छ। चर्चा बाहिर गुमनाम रहेकी लोक गायिका बिष्णु माँझीको स्वर फेरी एक पटक सबैको प्रिय भएको छ। तीज नजिकीएको समय गायिका माँझी समेत माईतीको सम्पर्क बाहिर रहेको भिडियोहरू यूटबमा यत्रतत्र छन, तर बास्तविक कुरा गायिकाबाट पनि आएको छैन।

यो गीतमा सुन्दरमणि अधिकारीको शब्द र संगीतका साथ निर्देशन र निर्माण समेत रहेको छ। सुन्दर गायिका बिष्णु माँझीको श्रीमान समेत हुन। अन्तर जातीय बिबाह पछी प्राय मिडियामा नदेखीएकी गायिकाबारे सुन्दरले उनी बाहिर बोल्न नचाहेको कुरा यूटूबमा आएको थियो।

“आदरणीय कलाकार बिष्णु माझी दिदी को स्वर सुनेर यकोहोरो हुन्छु म त ।”- अर्की चर्चित लोक गायिका टिका सानुले यो गीत सार्वजनिक गरीएको सपना म्यूज़िक इंडस्ट्रिज यूटूब चैनलमा प्रतिक्रिया ब्यक्त गरेकी छन।

चर्चित नायक नाजिर हुसेनले गायिका माँझीको स्वरको तारीफमा लेखेका छन्- “बल्ल तीज आयो जस्तो लाग्यो । कति मिठो स्वर विष्णु दिजु को”।

Average rating 5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.