नेपाली संगीत इतिहासको सदाबहार र चर्चित मौलिक गीत ‘कटर कटरमा’ को नयाँ रिमेक संस्करण भिडियोसहित सार्वजनिक भएको छ। म्युजिक नेपालको आधिकारिक प्रस्तुतिमा बजारमा आएको यस उत्कृष्ट र ऊर्जावान् गीतलाई वर्तमान पुस्ताका चर्चित गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले स्वर दिएका छन्। यो गीत मूल रूपमा वरिष्ठ संगीतकार तथा गायक दिवंगत राम थापा र तारा थापाले गाएका हुन् भने यसको शब्द र संगीत पनि राम थापाकै रहेको थियो।
जेरी भण्डारीले निर्देशन गरेको यस भिडियोमा निर्देशक तथा अभिनेता निश्चल बस्नेत, वरिष्ठ अभिनेत्री लुनिभा तुलाधर र मोडल रचना न्यौपानेको उत्कृष्ट अभिनय र दमदार नृत्य देख्न सकिन्छ।
गीतका शब्दले प्रेमको चञ्चलता, रमाइलोपन र मनका सूक्ष्म भावलाई सरल तथा मिठासपूर्ण शैलीमा प्रस्तुत गर्छन्। यही कारण दशकौँअघि लोकप्रिय बनेको यो सिर्जना आज पनि उस्तै ताजापनका साथ दर्शक–श्रोतामाझ गुञ्जिएको देखिन्छ। रिमेकमा मौलिक भावलाई जोगाउँदै आधुनिक संगीत संयोजन थपिएकाले पुरानो पुस्तालाई सम्झना र नयाँ पुस्तालाई नयाँ अनुभव दिलाएको प्रतिक्रिया आइरहेको छ।

Add comment