नेपाली हिप-हप संगीतिक क्षेत्रका चर्चित र्यापर नवाज अन्सारीको नयाँ म्युजिक भिडियो ‘खै पैसा’ सार्वजनिक भएको छ। रिनासा रेकर्ड्सको प्रस्तुति रहेको यस गीतलाई युट्युबमा छोटो समयमै ३ लाख भन्दा बढी पटक हेरिएको छ।गीतको शब्द रचना, संगीत र मिक्स/मास्टर स्वयम् नवाज अन्सारीले गरेका हुन् ।
पछिल्लो समय नेपाली र्याप क्षेत्रमा बढेको विवाद र नकारात्मकताभन्दा पृथक रहेर नवाजले आफ्नो कला र सांगीतिक प्यासनलाई यस गीतमा प्रस्तुत गरेका छन्। उत्कृष्ट धुन र अर्थपूर्ण शब्दका कारण स्रोताहरूले यसलाई निकै रुचाएका छन्। फ्यानहरूले नवाजको सांगीतिक निरन्तरता र मौलिकताको प्रशंसा गर्दै सकारात्मक प्रतिक्रिया दिइरहेका छन्।

Add comment