नेपाली सङ्गीत आकाशका चर्चित गायक तथा सङ्गीतकार सुशान्त केसी र लोकप्रिय अभिनेत्री आना शर्मा अभिनीत नयाँ हिन्दी गीत ‘जादुगरी’ सार्वजनिक भएको छ। भारतीय सङ्गीत उद्योगको प्रतिष्ठित कम्पनी टि-सिरिजको आधिकारिक युट्युब च्यानल मार्फत यो गीत रिलिज गरिएको हो।
गीतमा सुशान्त केसीकै शब्द तथा सङ्गीत रहेको छ भने सङ्गीत संयोजन शाश्वत श्रेष्ठ (ओम्निफोनिक्स) ले गरेका हुन्। मुख्य भूमिकामा सुशान्त र आनाको उत्कृष्ट अभिनय र जोडीलाई दर्शकहरूले निकै रुचाएका छन्। थोमस जीएमले निर्देशन गरेको यस भिडियोको छायाङ्कन नेक्सल थापाले गरेका हुन्।
भिडियोको सुटिङ नेपालको जनकपुर र भारतको दार्जिलिङका रमणीय स्थानहरूमा नेपाल रेलवे कम्पनीको विशेष सहयोगमा गरिएको छ। नेपाली कलाकारहरूले भारतीय ब्यानरमा काम गरेर अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाएको भन्दै दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया आइरहेको छ।

Add comment