5
(3)

गायक सन्तोष लामाको “तिमिलाई सम्झिदा” बोलको मिठो धुनमा रहेको गीत दशैको पूर्वसंध्यामा भर्खरै सार्वजनिक भएको छ।

गीत सार्वजनिकबारे नेपाली तारा दोश्रो सिजन बिजेता समेत रहेका गायक लामाले ट्विटरमा लेखेका छन्- “बिना पत्रकार सम्मेलन, बिना बिमोचन समारोह तथा बिना अत्ती हल्लाखल्ला, गीत रिलिज गरियो तिमीलाइ सम्झिँदा”।

हरी लम्सालको मन छूने शब्द संगीतमा आएको यो गीतमा गायक लामा, सब्बु गुरुङ, सुबाशना आचार्यको अभिनय रहेको छ भने निर्देशन किरण दाहालले गरेका छन।

गीत निकै मन पराईएको प्रतिक्रियाहरू आएकोमात्र होईन ट्वीटरमा अरुलाई हेर्न समेत अनुरोध गर्ने धेरै छन।पत्रकार अनमोलमणिले गीतबारे लेखेका छन्- ” यो दशैँमा सुन्न पर्ने गीतको लिस्ट कसैले बनाको भए थप यो पनि ! मन परे अरुलाई भन्नुस् मन नपरे गायकलाई!”

Average rating 5 / 5. Vote count: 3

No votes so far! Be the first to rate this post.