5
(6)

“मिलेन लेभल, तेरो बाउ बोला ए, तेरो क्रिउ तेरो गाउ बोला ए

सिक्न आइज तेरो बाउको मा ए, बग़ाइसक्यो तेरो नाउ खोलाले ए

खाए त गाजाँ आफ्नै बाउको खाए ए “

(- टिक टकमा भाईरल जी बबको र्यापको एक अंश)

टिकटकमा एक लाख माथि भिडियो बनिसकेको “मिलेन लेभल, तेरो बाउ बोला ए ” बोलको र्यापलाइनले अहिले चर्चाको शिखरमा पूर्याएको छ जि बब अर्थात सुदीप भण्डारीलाई।

एएनटिएफ यूटूब चैनलमा आएको हुडबाज़ी नाम दिईएको र्याप ब्याटलको दोश्रो राउन्डमा जि बबले माईलालाई एकदमै कड़ा प्रतिष्पर्धामा पराजित गरे, जून प्रस्तुतिमा गाएको लाइनले टिकटक हुदै यूटूबमा समेत सो ब्याटल दुई सातामा पचीस लाख माथि हेरीएर चर्चामा छ ।

एकदम आक्रामक रूपमा प्रस्तुत भएका जिबबले माईला अर्थात बिजय तामाङको उत्तरलाई पनि शान्तपूर्वक जवाफ दिईरहेका थिए। ब्याटलमा निर्णायकहरूले तेस्रो पटकसम्म दुई जनाको प्रस्तुति बराबर भएको घोषणा गरेपछी चौथों प्रस्तुति पछी दुई जना निर्णायकहरूको भोटले इनर्जी लेबल बढ़ी भएका जिबबले जीते।

जि बबले पहिले सिरूपाते संग जितेर दोश्रो राउंडमा पुगेका थिए भने माईलाले लील मार्ले लाई पराजित गरी दोश्रो राउण्डमा आएका हुन।

Average rating 5 / 5. Vote count: 6

No votes so far! Be the first to rate this post.