5
(1)

यसै साता सार्वजनिक भएको “नशा” बोलको फरक खालको गीत लिएर चम्किदै छन, सान भूषाल। यूटूबमा चार हज़ार भन्दा कम फलोअर रहेको सानको चैनलमा सार्वजनिक भएको केही दिनमै सात लाख पटक हेरीएर थप चर्चामा छ यो गीत।

निकै मिठो पाराले सुस्तरी गाईएको ‘नशा’ बोलको गीत लूसेंन्ट फिल्मस, डल्लास, अमेरिकाले निर्माण गरेको हो।

बिदेशी कलाकारहरू अलेक्जेंड्रिया पास्कुसी, ज़ोर्ज़ ओटेरोका साथ अंकित शर्मा र दीपेश आचार्यको अभिनय रहेको यस गीतलाई नाटकीय रूपमा शशक्त तरिकाले प्रस्तुत गरीएको छ।

कतै बलीउडको गीत र कतै हलीउडको फ़िल्मको झनक दिने यो गीतको भिडियोले मात्र होईन, सानलाई थप उचाईमा पूर्याउने मुख्य कुरा त उनको स्वरले दर्शक श्रोतालाई नशा नशामा मंत्रमुग्ध बनाउने कला नै हो।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.