5
(1)

“तिम्रा यादहरू मलाई भेटेर जान्छन्, सपनीमा आई मुटु रेटेर जान्छन्” हरफ रहेको गीत अहिले टिकटक भिडियोहरूमा भाईरल छ।

थानेश्वर गौतमको स्वर, संगीतमा झंडै डेढ महीना अघि यूटूबमा सार्वजनिक भएको “तिम्रा यादहरू” बोलको गजल गीत सोचेजस्तो चर्चामा आएन।

अहिले एक्कासी टिकटकमा चर्चामा आएपछि यूटूबमा गीत हेरेर प्रतिक्रिया दिनेहरुले त गायक थानेश्वरलाई स्वर सम्राट नारायण गोपालसंग समेत तुलना गरेका छन्- सायद नारायण गोपालका अत्याधिक दुःखले भरीएको गीतहरूको जस्तो भावना र मन छुने स्वरले हो कि?

“तिम्रा यादहरू” बोलको गजल गीतका रचनाकार जीवन बिकेले यसै साता यूटूबमा प्रतिक्रिया दिदै लेखेका छन्- ” थानेश्वर गौतमको सँगीत र आवाजमा रहेको मेरो पहिलो गजल गीत “तिम्रा यादहरु” लाइ यहाँहरुले छोँटो समयमा अत्याधिक माया गरेको देखिरहदा म लगायत हाम्रा सम्पुर्ण टिम निक्कै हर्षित छौँ र यसरी नै आगामी दिनहरुमा पनि माया गर्दै जानुहुनेछ भन्ने ठुलो आशा लिएका छौ।”

रामजी लामिछानेको निर्देशन रहेको म्यूज़िक भिडियोमा कलाकारहरू रोहन नेपाली, अलका सुबेदी, सलिना खत्री, सूरज पोखरेल लगायतको अभिनय रहेको छ।

“लामो लेख्छन् कहानी पिरतीको, पढ्नै समेत नपाई मेटेर जान्छन, तिम्रा यादहरु मलाई भेटेर जान्छन !

छरपस्टै पार्यो प्यार कागजमा, सम्हाल्नै सकीन मैले समेटेर जान्छन, तिम्रा यादहरु मलाई भेटेर जान्छन !!

पुग्न खोज्थे घरी घरी तिम्रो समीपमा, अन्जान कोही आउछन, लखेटेर जान्छन, तिम्रा यादहरु मलाई भेटेर जान्छन !!! “

(-गीतका केही मन छूने हरफहरू)

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.