5
(5)

चर्चित हास्य कलाकार एवम् गायक हरिवंश आचार्यको स्वर, शब्द र संगीतमा “कर्कलो कोक्याउला” बोलको गीत भर्खरै सार्वजनिक भएको छ।

“कर्कलो कोक्याउला, तिमीलाई झुक्याउला” भन्ने भाकामा चेलिबेटी बेचबिखनविरुद्ध सचेतना फैलाउने अभियानमा गीत समर्पित रहेको महसंचारले उल्लेख गरेको छ।

कसरी लोभलालच देखाएर सोझासाझा चेलिबेटीहरुलाई बम्बईमा बेच्ने दलालहरु सक्रिय छन अनि यो रोक्न सामान्य नागरिकको भूमिका गीतले कथात्मक रूपमा देखाएको समेत छ।

यस गीतमा नायिका स्वस्तिमा खड़का, गायक हरिवंश लगायत कलाकारहरुको अभिनय रहेको छ भने भिंडियोंको निर्देशन मानव सुबेदीले गरेका हुन।

Average rating 5 / 5. Vote count: 5

No votes so far! Be the first to rate this post.