5
(3)

को होला त्यो मै तिर फर्की रहने

अलि तल पुगेर पर्खी रहने ,

को होला त्यो मसँग आँखा जुधाउने

न चिनेनी म सँग अलि लजाउने

चर्चित नायक पल शाह र प्रकृति श्रेष्ठको आठ बर्ष पछि फेरी एक़ै गीतमा अभिनय गर्ने साईत जुर्नु पक्का पनि रमाईलो छ। अनि त्यों पनि एकै गीतका शब्दहरूमा अभिनय गर्दै। यो अवसर जुरेको छ सुनिल गिरीले गाएको आठ बर्ष पुरानो गीत “को होला त्यो” को फिमेल भर्सनमा।

नेपाल आइडलको यात्राबाट सांगितिक जगतमा उदाएकी अश्मिता अधिकारीको स्वरमा हालै सार्वजनिक यो गीत अहिले सर्वाधिक रूचाईएको गीतमा परेको छ। यूटूबमा दोश्रो दिन नौ लाख पटक हेरीएको यो गीतको निर्माण सुनील गिरीले गरेका हुन भने निर्देशन अनिल के मानन्धरको रहेको छ। अश्मिताकै स्वरमा यस अघि पल शाहकै अभिनयमा आएको “टाढा भएपनि” बोलको गीतको फिमेल भर्सन चार महिनामा यूटूबमा चार करोड़ नजिक हेरीएको रेकर्ड रहेको छ।

“फुलबुट्टे सारी” बोलको गीतमा उत्कृष्ट पल र मल्लिका महतको जोडी (पीएम जोड़ी) अगाडी यो पल र प्रकृतिको जोड़ी (पप जोड़ी) ले कति प्रतिष्पर्धा गर्न सक्ला त्यों त हेर्न बाकी छ। आख़िर यो पुरानो जोड़ी न भुल्न सके न बोल्न सके, देखिन फेरि धेरै बेर खोजे भनि फेरी एक़ै साथ फ़र्किएका छन। आशा छ यो पप जोड़ीको अर्को गीत पनि पक्कै सांगितिक पारखीहरूले पर्खन थाल्नेछन।

सुनील गिरीको स्वरमा आठ बर्ष पुरानो गीतमा अभिनय गर्दै पल र प्रकृति !

Average rating 5 / 5. Vote count: 3

No votes so far! Be the first to rate this post.