5
(2)

फाल्गुन १९ मा प्रदर्शनमा आउने चर्चित अभिनेता अनमोल केसी अभिनीत चलचित्र “२.० छड्के” मा भीटेनको स्वर रहेको र्याप गीत भर्खर बूढ़ासुब्बा यूटूब चैनलमा सार्वजनिक भएको छ। भीटेन अर्थात समीर घिसीङको शब्द, संगीत र स्वर समेत रहेको “छड्के खालास” बोलको यो गीत रहेको चलचित्रमा अनमोलका साथ रोविन तामाङ, कमलमणि नेपाल लगायत कलाकारहरुको अभिनय रहेको छ।

निगम श्रेष्ठको लेखन तथा निर्देशन रहेको चलचित्र “२.० छड्के” ले अर्को बहुप्रतिक्षित चलचित्र “छक्का पंजा ४” संग एकै दिन हलहरुमा फाल्गुन १९ गते प्रतिस्पर्धा गर्ने छ।

एकै दिन प्रदर्शनमा जुधेका “२.० छड्के” र “छक्का पंजा ४” चलचित्रहरु “छ” अक्षरबाट नै सुरु भएका दोश्रो र चौथो शृंखलाहरुले असीमित ब्यापार गरूँन, हाम्रो पनि यहि शुभकामना “छ”।

दर्शन सलाम सहित दर्शकको माया दुवै चलचित्रले पाओस्, कसैले पनि छड़के नखाओस् !

“२.० छड्के” को ट्रेलर

Average rating 5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.