5
(1)

गायक एकदेव लिम्बुको स्वरमा चर्चित जोड़ी पल शाह र मल्लिका महत अभिनित “गाजल टिकी” बोलको गीत सार्वजनिक भएसंगै चर्चामा रहेको छ।

पीएम जोडीको नामबाट चर्चामा रहेका पल र मल्लिका अभिनित “फूलबुट्टे सारी”बोलको गीतको अत्याधिक सफलतामा यो जोड़ीको रसायनले पनि काम गरेको देखीएको छ।

सो कारणले पनि “फुलबुट्टे सारी” बोलको गीत सार्वजनिक गर्ने केन्द्र मोसन पिक्चर्सले पीएम जोडीको आधा दर्जन जति गीत हालसम्म सार्वजनिक गरिसकेको छ, जून गीतहरूले औषत राम्रो सफलता हासिल गरेका छन्। यस्तै “गाजल टिकी” बोलको गीतले समेत सार्वजनिक भएको एक दिनमै यूटूबमा छ लाख पटक हेरीएर चर्चामा रहेको छ।

“कसैको नज़र नलागोस कसैको यो गीत सुन्नेहरूलाई”, हो गायक एकदेव लिम्बुले यूटूबमा यो गीतको प्रतिक्रियामा लेखेको जस्तै पीएम जोड़ीको गीतहरूलाई पनि नजर नलागोस् !

सन्तोष सुनारको शब्द र संगीतमा रचिएको “गाजल टिकी” गीतको भिडियोको किरण दाहालले निर्देशन गरेका छन।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.