5
(1)

नेपाली सांगितिक जगतमा अत्याधिक चर्चामा रहेका प्रकाश सपूतको नया प्रस्तुति “कुरा बुझ्न पर्च” बोलको भर्खर सार्वजनिक गीत दश लाख माथि यूटूबमा हेरीएर अहिले ट्रेण्डिंङ नम्बर एकमा छ।

शांति श्री परियार र समीक्षा अधिकारीको स्वर रहेको यस गीतमा अभिनेत्री स्वस्तिमा खड़का र आँचल शर्माको अभिनय हेर्न लायक छ।

प्रकाश सपूतले सामाजिक बिषयबस्तुहरूको सूक्ष्म अवलोकन मात्र होईन, त्यसले हाम्रो जीवनमा पारेको प्रभावलाई समेत गाहिरो अध्ययन गर्दछन।

गायक देखी संगीतकार, रचना देखी अभिनेता, कथा देखी निर्देशनसम्मको भूमिकामा उस्तै प्रखर भएर देखिन्छन प्रकाश।

यो गीतमा आजको समयका छोरी/नवयूबतीहरूले माया प्रेम बिवाहका बिषयमा समाजले पारेको छापलाई कसरी सामना गरी आफ़नो करियरलाई प्रमुख प्राथमिकता दिएर वास्ताबिक प्रेमीको खोजी गर्ने सल्लाह दीएको छ। छोरीहरूको दृष्टिकोण, सपना र आत्मबिश्वासमा कमसेकम प्रकाशले छरेको उज्यालोले समाजमा पार्ने प्रभाव कम आकल्न सकीदैन।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.