5
(1)

नेपाली सेनाले तिहारको मुखैमा “देउसी भैलो” बोलको गीत आफ़्नो यूटूब चैनल “नेपाली आर्मी” मार्फत आज सार्वजनिक गरेको छ।

यस देउसी भैलोमा स्वर टिका बम्जम, पवन लामा, शशिकला मोक्तान, बबिता पाख्रिन र डिका गुरुङले दिएका छन भने संगीत टिका बम्जनकै रहेको छ । शब्द रचना सिद्धार्थ मोक्तान र श्वेता पौडेलले गरेको यो गीतको परिकल्पना र निर्देशन पनि सिद्धार्थ मोक्तानले नै गरेका छन।

देउसी भैलो गीतले परिवारको साथ छुटे पनि कसरी नेपाली सेनामा कार्यरत कर्मचारीहरुले साथीसंगी बसेर रमाईंलो संग दशै तथा तिहार जस्ता चाडपर्वहरु मनाउदै आईरहेका छन भन्ने गतिलो उदाहरण समेत दिएको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.