युवापुस्ताका माझ अत्यन्त लोकप्रिय अभिनेता अनमोल के.सी., जसिता गुरुङ र आञ्चल शर्माको मुख्य अभिनय रहेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘जेरी अन टप’ अब बुढासुब्बा डिजिटल युट्युब च्यानलबाट आधिकारिक रूपमा सार्वजनिक भएको छ। सुयोग गुरुङको निर्देशनमा तयार यस चलचित्रले सगरमाथा आरोहणको सपना, व्यक्तिगत संघर्ष, र जीवनका जटिल प्रेम सम्बन्धका उतारचढावहरूलाई सुन्दर ढङ्गले पर्दामा उतारेको छ।

Add comment