0
(0)

आर्य इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको बहुप्रतीक्षित नेपाली चलचित्र ‘आ बाट आमा २’ आगामी असोज ३० देखि देशभरका सिनेमा घरहरूमा प्रदर्शन हुने भएको छ। यसैबीच, ओएसआर डिजिटलको ओफिसियल युट्युब च्यानलमार्फत चलचित्रको आधिकारिक टिजर सार्वजनिक गरिएको छ। चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशनमा तयार पारिएको यो चलचित्र वास्तविक घटनाक्रमबाट प्रेरित रहेको छ।

चलचित्रको सार्वजनिक टिजरमा स्व. प्रदीप रावत, विपना थापा, पल शाह, आकाश श्रेष्ठ, साइग्रेस पोखरेल, मलिका महत, निकिता आचार्य र रिस्ता गुरुङ लगायतका कलाकारहरूको दमदार अभिनय देख्न सकिन्छ। अभिभावक र सन्तानबिचको गहिरो भावनात्मक सम्बन्ध, पारिवारिक संघर्ष तथा आमाको स्वास्थ्य समस्याले ल्याउने चुनौतीहरूलाई टिजरमा मार्मिक ढंगले प्रस्तुत गरिएको छ। बबुल गिरीको संगीत, नवराज उप्रेतीको छायांकन र शाहिल खान तथा मिलन श्रेष्ठको सम्पादन रहेको यस चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आर.आर फिल्म प्रोडक्सनले वितरण गर्दैछ।

टि

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply