5
(1)

हालै सार्वजनिक गायक भुपु पाण्डेको गीत “पिरै पिर” ले अहिलेको बेरोज़गार युवाहरुको अवस्थाको सजीव चित्रण मात्र गरेको छैन देशको जीवन्त अवस्थाको समेत नालिबेली खोतलेर चर्चामा रहेको छ।

“पिरै पिर” बोलको गीतबारे गायक भुपु पाण्डेले यूटूबमा लेखेका छन् – “यो एकादेशको कथा होइन यो हाम्रै गाउँको कथा हो यो हामी युवाहरुको आजको व्यथा हो मनको पिर ओठले बोलेको सानो गाथा हो । कलाले समाजको मात्र होइन, मनको यथार्थ पनि देखाउँछ । यथार्थ देखाउँदा देखाउनु परेको नशालु धुवाँ र झोल हाम्रो प्रचार होइन ।

उनले बेरोजगार युवालाई रोजगारीको ब्यवस्था गर्न आग्रह गरी अझ अगाडी थप्छन् – “मापसे गरेर सवारी नचलाऔँ, देश पनि मापसे गरे जसरी नचलाऔँ । बेरोजगार युवालाई खाडीतिर होइन, स्वदेशमै रोजगारी र उद्यमतिर धकेलौँ ।”

गायक भुपु पाण्डेले बेरोजगारी मात्र होईन देशको समेत चिन्ता गरेर गीतको एक हरफ़मा लेखेका छन ” एउटै डर हजुर लाग्दछ बेस्कनी, छिमेकीले हजुर लान्छ कि देशपनि “।

गीतको रचना यस प्रकार रहेको छ :

फूल फुलेर के गर्नु भिरै भिरमा छ

जिन्दगी चल्न त चल्या छ

पिरै पिरमा छ

गारो भयो हजुर खुलेर हाँस्नलाई

बेरोजगारी हजुर भएर बाँच्नलाई

चट्ट हेर्दा हजुर जिन्दगी दामी छ

सबै ठिक छ हजुर पैसाकै कमि छ

न त पढाई हजुर न ठुलो लगानी

अब खाडी हजुर जाने त होला नि

जोगी आउँछन् हजुर देवताको भेषमा

जनताभन्दा हजुर नेता छन् यो देशमा

फ़्रस्ट्रेशनले हजुर जाँड बोक्छु झोलामा

उमेर बित्यो हजुर चुरोट र भोलामा

विदेश जाँउ त हजुर लाग्दैन भिसा

उमेर पनी हजुर पुग्दैछ दुई बिश

बाउ आमाको हजुर साहारा छोरो

कस्तो देशमा हजुर जन्मेछु मै मोरो

घरबारी हजुर राखेर बन्धकि

उधारोमा हजुर चल्दैछ जिन्दगी

एउटै डर हजुर लाग्दछ बेस्कनी

छिमेकीले हजुर लान्छ कि देशपनि

ऐर्पोर्टैमा हजुर मान्छेको ताँती

नेपाल रित्तो हजुर हुने भो ए साथी

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.