5
(1)

रमेश प्रसाईको परिचय एक कुशल वक्ता मात्र होईंन। भर्खरै दोहोरी गायकको रूपमा समेत उनी चर्चामा आए। कल्पना दाहालसंग गाएको दोहरी लाखौले मन पराए। उनको भावी योजना टेलिभिजनमा टक सो चलाउने रहेको कुरा केही समय अघि मिडियामा सार्वजनिक भएको थियो।

यसैबिच उनको बहुमुखी प्रतिभा लोक गायनमा छचल्कीयो। हालै सार्वजनिक भएको “फूल लाउला केशरी” बोलको गीत फेरी रमेशको स्वरमा चोटिलो र तीख्खर सुनीएको छ। उनको स्वरमा राष्ट्रियता भरीभराउ छ भन्नेहरुलाई यो गीत पनि एक उदाहरण हो।

दीपक आचार्यको निर्देशनमा आएको यो गीत यूटूबमा आएको दोश्रो दिनसम्म २ लाख पटक हेरीएको छ।
यसअघि यो गीत सुरेश गन्धर्वको स्वरमा आएर निकै मन पराईएको सदाबहार लोक गीत हो। यो गीतको संगीत र रचना कालिंपोंङ निवासी सी के श्रेष्ठले गरेका हुन।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.