5
(1)

“दुर्गेश थापाले अभिनय देखी गायकसम्मको यात्रामा धेरै उतारचढ़ाव पार गरेका छन। उनको स्वरको आलोचना गर्नेहरु धेरै छन। तर जव उनको गीत रिलीज़ हुन्छ, धमाका आउछ, अनि डन नै आएजस्तों तहल्का मच्चिन्छ।”

हो, दुर्गेश थापाको नया गीत “हयाप्पी तिहार-२ डन आयो डन” आज सार्वजनिक भएको छ। योगेश क़ाज़ीको समेत स्वर रहेको यो गीतको म्यूज़िक भिंडियोंको निर्देशन शिव बिकेले गरेका छन।

चर्चित अभिनेता पल शाह र दुर्गेश थापा अभिनित यो गीत तिहारको कोशेलीको रूपमा यूटूब ट्रेण्ड हुदैछ। दुर्गेशको पछिल्लो “आलु जस्तो गायक” बोलको चर्चित गीत २ महीनामा २५ लाख माथि यूटूबमा हेरीएको छ।

आएको दिन तीन लाख यूटूब भ्यूज सहित चर्चामा रहेको यो देउसी भाकाको गीत रक स्टायलमा ढालीएको छ।

अब शायद दुर्गेशको यो गीत युवापुस्ताले रुचाउने देउसी गीतमा परिणत हुन के बेर?

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.