0
(0)

एक पछि अर्को हिट गीत पस्कदै आएका अहिलेका चर्चित गायक एवम् मोडल दुर्गेश थापाको नया गीत “आलु जस्तो गायक” सार्बजनिक भएको छ । बसंत थापाको शब्द र संगीतमा आएको गीतले एक़ै दिनमा यूटूब हिट्स ६ लाख कटेर ट्रेण्डिङ एक नम्बरमा पुगेको छ ।

“आलु जस्तो गायक” मा प्रयोग भएको भाषा कसैप्रति लक्षित नरहेको जिकिर गर्दै उनले यस गीत रहेको यूटूब चैनल-इनाक्सी इंटरटेनमेण्टमा लेखेका छन -” यस गीत भित्र प्रयोग भएको दृष्य सहितको प्रतिक्रियामा अग्रज गायक आदरणीय रामकृष्ण ढकाल, यम बराल, आदरणिय संगीतकार आलोक श्री र गायिका दिज्जु अन्जु पन्तका सुझावहरू अमृत सरी लिएको छु । र मैले भुल्नै नहुने सन्दर्भ हो हो माले रेडियो साउन्ड आदरणिय नेपाली लोक गीतका पिता धर्मराज थापा बाट सृजना गरिएको र गाईएको ऐतिहासिक मौलिक प्रतिनिधि गीत हो हरियो डाँडामाथि हलो जोत्ने साथी ।आज त्यहि साथि पनि हलो जोत्दा जोत्दै समय र प्रविधि को प्रयोगले गीत गाउने बनाईदियो भन्न मात्र खोजेको हुँ । उहाँ प्रति मेरो नतमस्तक सम्मान मैले कहिकतै आग्रह पूर्वाग्रह नराखी उहाँ प्रति अपमान गर्ने नियत नभएको स्पष्ट पार्न चाहन्छु।

“आलु जस्तो गायक” गीत जन्मनु र आफू गीत संगीतमा आउनुको कारण बिचको अंतरसम्बन्ध बारे गायक दुर्गेशले सबिस्तार फ़ेसबुकमा लेखेका छन – “अध्ययन र सिकाईका लागी दाईले धेरैनै फोर्स गर्नुहुन्थ्यो तर मलाई औपचारिक सिकाई अलि झन्झटिलो लाग्थ्यो । कुनै पनि चिज छिट्टै प्राप्त गर्ने हुटहुटी थियो । लोक गीत गाए, राम्रो भएन । मोडल गरे ठिकै तर आफैलाई ड्रेस किन्न पनि पुग्दैनथ्यो। म खासै खुशी हुन सकिन, जिवनमा धेरै ठाउँमा पुगे तर पैसा र प्रतिष्ठाका लागी मानिसहरू तछाड मछाड गरेको मात्र पाए। “म आफैले एउटा संकल्प गरें की गीतै गाउछु कि पेशा परिवर्तन गर्छु।”

उनले संगीतको ब्याबहारीक पक्षको उपयोग गरेर हामफालेको बताउदै आफ्नो स्पष्टता यसरी लेखेका छन्- ” जिवनमा मैले गरेका कुनै पनि काम प्रशिक्षण लिएर गरेको छैन । न त अभिनय नै सिकें ।न नृत्य न संगीत नै। जे जति गरे अनुभवको आधारमा गरें ।सबैले माया दिनु भो हौसला दिनु भो ।बस यत्ति तर पढेर सिकेका भन्दा परेर सिकेका धेरै अनुभवले मलाई स्टेज पर्फम सिकायो र बिकायो पनि ।मलाई संगीत नजानेकोमा पछुतो छ पनि छैन पनि ।तर मैले आफुलाई कसरी बेस्ट प्रस्तुत गर्ने भन्ने मात्र ध्यान दिएको हुन्छु। आलु जस्तो गायकमा त्यस्तो केही मात्र वास्तविकता र स्वीकारोक्ति छ।”

चौतर्फ़ी चर्चामा रहेका दुर्गेशको अर्को गीत “बिच बिचमा-२ (एउटा फ़ोटो खिच)” ले १ करोड़ भ्यूज १ महीनामा बनाएको रेकर्ड क़ायम गर्दैछ, आज भोली!

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.