5
(1)

स्लो भर्सनमा गाईएको “पानी पधेरो” बोलको लोक भाकाको गीत सार्बजनिक भएको छ।

अहिलेकी ब्यस्त र चर्चित गायिका एलिना चौहान र गायक भीम बिष्टको स्वरमा सार्बजनिक भएको यो गीतको मिठो शब्द र संगीत पनि गायक बिष्टकै रहेको छ।यो गीत यूटूबमा २ दिनमा २ लाख पटक हेरीएको छ ।

गायिका एलिना चौहान कभर गीत गाएर चर्चामा आएकी हुन । चर्चित गीत “के माया लाग्छ र?” पछि आएका उनका तीज गीत र अन्य गीतहरू प्राय सबै मन पराईएको छ र चर्चामा छन । उनको अरु गायिका भन्दा अलि फरक र चखिलो स्वर छ । पछिल्लो २ सातामा उनका आधा दर्जन बढ़ी गीतहरू रिलीज़ मात्र भएन्, रुचाइएका पनि छन।

एलिना चौहानको यूटूब चैनलमा एक फ़्यान बिक्रम अर्पनले “पानी पधेरो” गीतको बोल सच्याउदै लेखेका छन् –“पानी पँधेरो अचेल एलिना विना गीतै अधुरो” !

हाम्रो शुभेच्छा पनि उस्तै छ, ऊनी आईरहुन यस्तै मीठा गीतहरू लिएर – पानी पधेरो !

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.