0
(0)

गीत सार्वजनिक भएको तेश्रो दिन नै दश लाख नजिक यूटूब भ्यूज पुगेर “तिम्रै नामको सिन्दुर” बोलको गीत ट्रेण्डिङमा आएको छ।

टिक टकबाट चर्चामा आएका जुमल्याहा दिदी बहिनी स्मारिका र समारिका ढकालसंग जोडीको रूपमा टिकटकले नै चिनाएका बिजय पूनप्रकाश चन्द अभिनित यो गीतमा स्वर पनि चर्चित गायक गायिकाको छ।

नेपाल आइडल रवि ओडका साथमा पछिल्लो चर्चित गीत  “मालिङ्गो” की गायिका स्मिता दाहालको स्वर यसमा रहेको छ। दिनेश थपलियाको शब्दका साथ चर्चित गायक संगीतकार राजन राज शिवाकोटीको संगीतमा आएको गीतको भिंडियोंको उत्कृष्ट निर्देशन सरोज ओलीले गरेका छन।

टिकटकमा विजय पून पत्थरको मुटुको नामले चिनीएका छन भने प्रकाश चन्द नायक श्रीकृष्ण श्रेष्ठको झझल्को दिने गरी अभिनय गर्छन।

प्रकाशको अभिनय क्षमताले हालै उनी चलचित्रमा अनुबन्धित भएको खबर यूटूब चैनल क्यानडा नेपालले सार्वजनिक गरेको छ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.