5
(1)

दोश्रो पुस्ताका नायक शक्ति श्रेष्ठ र नायिका कविता मानन्धर अभिनित चलचित्र “एउटा यस्तो प्रेम कहानी” को मुख्य गीत चर्चामा आएको छ। गायक विश्व नेपाली र गायिका अश्मिता परियारको स्वर रहेको यो टाइटल गीतमा बसन्त सापकोटाको संगीत रहेको छ।

नायक शिव श्रेष्ठका छोरा र नायिका करिश्मा मानन्धरकी छोरी अभिनित यो चलचित्र माघको पहिलो साता हलहरुमा प्रदर्शन हुने कुरा हालै एक पत्रकार सम्मेलनमा यस चलचित्रका निर्माता समेत रहेका शिव श्रेष्ठले बताएका थिए।

कोरोना महामारी बिच चलचित्र हेर्न दर्शकहरु हलमा आउछन त? नआए पनि अहिले आएका चलचित्रहरुको लगानी कसरी सुरक्षित गर्ने भन्ने विषयमा सरोकार पक्षले बोल्नु पर्ने बेला आएको छ।

अनलाइनमा दर्शकले पैसा तिरेर हेर्न मिल्ने खालका प्रयासहरुले समग्र चलचित्र क्षेत्रको विकासमा टेवा दिने कुरामा दुइमत नहोला।

हालै नायक खगेन्द्र लामिछानेको प्रयासमा आएको सिनेमाघर गोल्ड एप्सले नया प्रयास सुरु गरेको छ। नेटफ़्लिक्सजस्तों एक प्लाटफार्म खोलीएको यो एप्समा संसारभरका नेपालीहरुले पाँच यूएस डलर वार्षिक शुल्क तिरेर नेपाली फ़िल्म र वेब सिरीज़ हेर्न मिल्ने बनाईएको छ।

आशा छ यस्ता मौलिक एप्सहरुले नेपाली भाषा संस्कृति फैलाई कलाकारहरुले समेत यथेष्ट रोयल्टी पाउने बाटो बनोस।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.