5
(6)

अभया एण्ड स्टीम इंजिन्सको प्रस्तुति “लैजाउ मलाई” बोलको गीत सार्वजनिक भएको दोश्रो सातामा दश लाख यूटूब हिट्स सहित चर्चामा रहेको छ।

अभया सुब्बाको कर्णप्रिय स्वरमा रहेको यो गीतको प्रशंसामा चर्चित गायिका पवित्रा सुब्बाले यूटूबमा लेखेकी छन- “ तारीफ़ गर्ने कुनै शब्द पाइन! मन छोयो गीतले।”

यस्तै पूर्व मिस नेपाल शृंखला खतिवडाले प्रतिक्रियामा लेखेकी छन-“एबसुलुटली इन लभ। अन रिपीट।”

अश्मी श्रेष्ठ अभिनित यो गीतको भिंडियोंको निर्देशन विभूषण सृजोंग हाँङ सुब्बाले गरेका हुन।

“आहा हा हा हा हा है, लैजाउ मलाई

कतै कहि टाढा टाढा

आहा है लैजाउ मलाई

कतै कहि टाढा टाढा

थाकी सके कुर्रदा कुर्रदै

अल्झिएका सपना प्यारा

तेराङे आङ्गाआङ् पिछिरो माङ्घा (लिम्बू)

(लैजाउ मलाई जॅाउ टाढा)

निङ्वाबा पान्हा यरिक वा पामा (लिम्बू)

मनको कुरा धेरै छ गर्नु / भन्नु (अनुवाद)

आहाहाहा है तिमी र म

जॅाउ कतै टाढा टाढा

सक्दीन म यसै यसै

बाटो हेर्न तिमीलाई

तिमि कहा छौ भनी

खोजी रहन यहा

लैजाउ मलाई

कहि टाढा – संगै संगै

हिडौ अब

तक्सङ् आङ् थो थो थेगु कोक्मा

लुङ्मारक् हिम्लो आखे चोक्मा

सेगेफुङ सेक्खेक सेङ्मै फाआङ्

निङ्वाबा पान्हा चेङ्मै फाआङ् (लिम्बू)

लेक माथी माथी डाँडा काँडा

बिरह चल्छ कसो गरौं

सेगेफुङ (एक प्रकारको मुन्धुममा उल्लेखित फुल) टिपौं भनिन्छ

मनको कुरा गरौं भनी

पुग्दैन अब मलाई

केवल तिम्रो सम्झनाले

आकाश को तारा गन्न

रोज्दैन अब मनले

आउ न, लैजाउ मलाई

लैजाउ – लैजाउ मलाई

कतै कहि टाढा टाढा

तिमी र म

म तिम्रै नै हु

लैजाउ मलाइ कतै कही

टाढा टाढा अहाहाहा है”

-( लिरिक्स- अभया सुब्बा)

Average rating 5 / 5. Vote count: 6

No votes so far! Be the first to rate this post.