5
(1)

भर्खरै सार्वजनिक भएको बालगीतमा “ए बि सी डी आएपनि क ख ग घ सिकाईदेउ” भन्ने भाका सहित बाल बालिकाहरुलाई नेपाली भाषा सिक्न प्रेरित गर्न महानायक राजेश हमालको अभिनय हेर्न सकिने छ। राजेश हमाललाई पनि धेरैले अभिभावक बनेको हेर्न चाहेको सो गीतमा दर्शकहरुले प्रतिक्रिया दिएका छन।

चर्चित गायक राजेश पायल राई र बाल गायिका सायना अधिकारीको स्वर रहेको यो गीतमा रचना सतीश अधिकारी र संगीत नरेश योगीले दिएका छन भने निर्देशन देवेन्द्र कुंवरले गरेका छन।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.