5
(3)

एसिड आक्रमण पिडितलाई सामाजिक सहयोग र स्वीकारोक्तिले उसको जीवनमा आउने सकारात्मक पक्षबारे उजागर गरी “फिजाइ पंख” बोलको गीत आज सार्वजनिक भएको छ।यूवा इंजीनियर तथा गायक दिजराज जोशीको स्वर, शब्द र संगीतमा यो गीत उनको यूटूब चैनल मार्फत आएको छ।

यस गीतमा मोडेल बेनिशा हमालले एसिड आक्रमण पिडितको अभिनय गरेकी छन। कलाकार गौरभ पहारीले पिडितलाई बिबाह गरी उनको जीवनलाई सहारा दिएका छन। यो सामाजिक सहयोग र सुरक्षाको घेराले पिडित फेरि एक पटक आफ़नो दैनिक जीवनदेखी कामसम्म फैलिन र चम्कन पाएको छ।

बेनिशा हमालले गीत रिलिजमा आयोजित फ़ेसबुक लाइभमा आफ़नो भूमिकाबारे भनेकी छन- “पिडितको पीड़ालाई अभिनयमा सकेसम्म न्याय दिन प्रयास गरेकी छु”।

दीपक आचार्यद्वारा निर्देशित यस गीतको म्यूज़िक भिंडियोंको अन्त्य मार्मिक देखाईएको छ।

Average rating 5 / 5. Vote count: 3

No votes so far! Be the first to rate this post.