5
(1)

निकै चर्चामा रहेकी अभिनेत्री पूजा शर्मा र मोडेल आकाश श्रेष्ठको जोड़ीलाई रियल लाइफ़मा पनि जोड़ीको रूपमा देख्न चाहने फ़्यानहरुले राखी दिएको नाम हो – पूजाकाश । हो यही जोड़ीको अभिनयमा आएको “सयौ जुनी” बोलको गीतमा स्वर दिएका छन, नेपाल आइडलबाट चम्केका प्रताप दास र चर्चित गायिका अंजु पन्तले । पूनम मोथेको शब्द र सागर पोखरेलको संगीत रहेको गीतको म्यूज़िक भिडियोको निर्देशन निकेश खड़काले गरेका छन । आज रिलीज़ भएको यो गीतले २ लाख यूटूब भ्यूज कटाई सकेको छ । आशा छ यो गीतले सयौ सफलता प्राप्त गरोस तर यही जूनिमा !

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.