5
(1)

आज माग्ने बुढो अर्थात केदार प्रसाद घिमिरेको जन्मदिन।

यसैदिन उनले नेवारी पहिरनमा नायिका वर्षा राउतसंग अभिनय गरेको “ए काली भागौ यसपाली” बोलको गीत यूटूबमा सार्वजनिक भएको छ।

के उनले वर्षालाई भगाउन सफल होलान त? त्यो थाहा पाउन पूरा गीत हेर्नुहोला!

“नाच्न नआउदा नआउदै पनि हरिबिजोग तरिकाले भिंडियों बनाइयो।”

-केदार प्रसाद घिमिरे (माग्ने बुढो) यूटूबमा गीतबारे बिचार ब्यक्त गर्दै।

महेश भण्डारी र स्मिता दाहालको स्वर, दीपक आचार्यको शब्द संगीत सहित प्रस्तुत यो गीत आमा अग्नि कुमारी मिडिया यूटूब चैनलमा सार्वजनिक भएको छ।

“हरेक बर्ष केहि लेख्नु पर्छ !
तर शब्दहरू सकिदैनन् !!
किनकि हाम्रो सहयात्रा लगभग एक दशक लामो भैसकेको छ
आरोह, अबरोह, गतिरोध का ज्वारभाटाहरू नझेलेका पनि होइनौ
तर हाम्रो मित्रता र सहयात्राको रथले आफ्नो गति कहिल्यै छाडेन!
पेशामा हुने अस्वस्थ प्रतिस्पर्धाका हाबाहरूले हाम्रो मित्रताको बृक्षका हॉगाहरू कहिल्यै हल्लिएनन्
बाह्य दूषित हल्ला र ध्वनि प्रदूषणले मित्रताको स्वास्थ्यमा पनि असर गरेन
नाम माग्ने बूढा तर प्राय मलाइ यस्तो चाहियो भनेर कहिलै नमाग्ने
अरूका पोल्टामा यति पर्यो मलाइ पनि चाहियो भनेर नसोच्ने
मेरा लागि माग्ने बूढा, चलचित्रका पर्दामा मेरो साथि
र ब्यक्तिगत रूपमा मेरो भाइको रूपमा भगवानले दिएको एक चीजमा दुई थोक जस्तो उपहार हो।
आज यहि प्रिय पात्रको जन्मदिनको उपलक्ष्यमा मुरि मुरि शुभकामना
उत्तरोत्तर प्रगति, सु- स्वास्थ्यको कामना !!!!
जय होस!”

दीपकराज गिरीले फ़ेसबुकमा दिएको जन्मदिनको शुभकामना सन्देश

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.