4.5
(2)

म्यूज़िक भिंडियों हेर्दा फ़िल्मी गीतको झझल्को आयो कि? अनि अहिलेका चर्चित र व्यस्त दुई जोड़ी एकै गीतमा हेर्न चाहनुहुन्छ?

पल शाह, रियासा दाहाल र सरोज अधिकारी, आश्मा विश्वकर्माको जोड़ी “जाले रूमाल” बोलको गीतमा देखीएका छन। राजकुमार र राजकुमारीको पहिरनमा देखीएका यि जोड़ीको डान्स स्टेप देखी कोरियोग्राफ़ी समेत उत्कृष्ट छ।

होटेल याक एंड यतिमा छायांकन भएको बताईएको यो गीतमा सिनेमेटोग्राफर नवराज उप्रेतीको प्रस्तुति अब्बल छ भने गम्भीर बिष्टको निर्देशन समेत प्रशंसायोग्य छ।

चर्चित गायिका मेलिना राई र बीरेन्द्र श्रेष्ठको स्वर, भीम बिष्टको शब्द संगीतमा आज सार्वजनिक भएको यस गीत आएको केही घण्टामा एक लाखमाथि यूटूब भ्यूज पुगेर चर्चामा आएको छ।

Average rating 4.5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.