कालजयी गीतहरुका सर्जक एवं स्वर्णिम आवाजका धनी स्वर्गीय प्रेमध्वज प्रधानको स्वरमा “छिनकै भेट” बोलको अन्तिम गीत म्यूज़िक नेपालले यसै साता सार्वजनिक गरेको छ।
दुई साता अगाडी निधन हुनु भएका गायक प्रेमध्वजको यस अन्तिम गीतको रचना एस पी कोईरालाले गरेका हुन भने संगीतबद्ध आलोक श्रीले गरेका हुन।
“विहान, दिउँसो या मध्यरात
झझल्कोमा नाच्छ एउटै याद
अर्को जन्म के छ ठेगान
यही जूनीमै माग्छु तिम्रो हात
(छिनकै भेट दिनकै सम्झना
दिलमै गढ्यो तिम्रै तिर्सना)२
(खाऊँ कि नखाऊँ झुटो कसम)२
मान्दैन यो मनले विर्सन
हो हो मान्दैन यो मनले विर्सन”
– गीतमा पोखिएको एक हरफ