अपुर्भ तामाङको “के गरू?” बोलको लिरिकल गीत यो साता सार्वजनिक भएको छ। मिरिक, दार्जिलिंङ, भारत निवासी अपुर्भले इंडियन आइडल, सारेगामा जूनियर लगायत रियालिटी सो मा सहभागी उनको यो गीत निकै स्लो भर्सनमा प्रेमिकाको बिछोडको भावमा गाईएको छ।
“एकपल्ट तिमिलाई भेटेर बोल्न मन थियो
यो अन्तिम गीत हाम्रो, जसको शीर्षक तिमी भई गयौ
माया भन्ने के यति छोटो हुदछ, नछूटने कसम सबै झूटो थिएछ”
–गीतको एक हरफ
सानै देखी गीत संगीतमा रुचि राख्ने अपुर्भको “सानो” बोलको गीतले दश लाख माथि हेरीएपछि उनी चर्चामा आएका थिए। त्यस पछि सांगितिक क्षेत्रमा दर्हो पाइला अगाडी बढ़ेको उनले आफ़नो यूटूब चैनलमा बताएका छन।