5
(2)

“बाँचेर पो पाइँदो रैछ दर्शन” बोलको गीतको लाखौ टिक टक भिडियोहरू भाईरल भएपछि यूटूबमा आएर हेर्ने दर्शकहरूले गर्दा गीत अहिले सार्वजनिक भएको तेस्रो सातामा बल्ल लोकप्रिय भईरहेको छ।

एच बि एन किस्मतको स्वर संगीत र जमुना सनमको स्वर तथा राजु सुनामको रचनामा आएको यो गीत यूटूबमा १२ लाख पटक हेरीसकीएको छ। मौसम हिमाली र बिना बिश्वकर्मा अभिनित यो गीतको निर्देशन मौसमले नै गरेका छन।

यति राम्रो जोवन मेरो के काम तिमी बिना? बाँचेर पो पाइँदो रैछ दर्शन

बादल लाग्दा दर्किन्छौ झै लाग्छ, बाँचेर पो पाइँदो रैछ दर्शन

हुरी आउदा हुरी झै आउछौ झै लाग्थ्यो, बाँचेर पो पाइँदो रैछ दर्शन

नजिक भन्दा माया टाढा हुदा लाग्ने रैछ, बाँचेर पो पाइँदो रैछ दर्शन

धेरै पछि आज मौसम सफा भा छ, बाँचेर पो पाइँदो रैछ दर्शन

धेरै पछि पाइयों तिम्रो दर्शन, पिरतीको झरी बनी बर्षन ।

-टिकटकमा चलेका गीतका केही चर्चित हरफहरू

असारे झरी, बाढीपहिरो, खेतीपाती र कोरोना लकडाउनको धपेडी मौसम सफा हुदाको आनन्दसंग कल्पना गरेर तपाई पनि भन्नुहोला- बाँचेर पो पाइँदो रैछ दर्शन!

Average rating 5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.