5
(1)

भर्खरै सार्वजनिक भएर चर्चा आएको प्रकाश सपूतको नया गीत “दमाई महाराज” ले जातीय भेदभाव र छुवाछूत विरुद्ध दरो प्रहारका साथ चेतनास्तरमा सुधारको लागि समेत आवाज मुखरित गरेको छ।

मन्दिर प्रवेश निषेधको विषयमा जातीय भेदभाव रहेको बिद्यमान कथालाई उठाएर पछि सो ब्यक्ति नै मन्दिर निर्माण गर्न सक्षम महाराज बने सम्मको अन्तरकथा प्रकाशले प्रस्तुत गरेका छन।

यूटबमा एक दिनमा बीस लाख बढ़ी हेरिएर पहिलो नम्बर ट्रेण्डमा रहेको यो गीत तथा आफ्ना अन्य गीतले उठाएको जातीय विभेद लगायतका विषयमा प्रकाश सपूतले फ़ेसबुकमा लेखेका छन्-

“बोल माया र गल्बन्दी, मेरो व्यवसायिक कलाकारिताको कोशेढुङ्गा त हो नै, त्यो भन्दा पनि मेरो लागि मेरो जिवनकालकै अमुल्य सिर्जनाहरु हो । सोहि बोल माया र गल्बन्दीको अन्तिम अध्याय दमाई महाराज लिएर आएको छु । कथाका हिसाबले यो अन्तिम भाग हो तर विषयका हिसाबले यो नयाँ शुरुवात हो ।

“भनेको थिएनी – यो साल २०८० मा मैले “जातिय विभेद विरुद्दको वर्ष” को रुपमा आफ्ना सिर्जनाहरु ल्याउने छु । यसको सुरुवात स्वरुप नयाँ सिर्जनाको टाईटल जुरेको छ – दमाई महाराज !”

“२०२० सालको मुलुकी ऐन र गणतन्त्र स्थापना पछिको नयाँ संविधानले कानुन निर्माण त गरेको छ तर प्रभावकारी कार्यन्वयन छैन । “

“जातिय जरा यति जगडिएको छ कि बलत्कार जस्तो संवेदनशिल विषयलाई पनि जातिय प्रतिष्ठा जोगाउन प्रयोग गरिएको जस्तो देखिन्छ । “

“बलात्कृत हुनु र जातिय अपमान भोग्नु यी दुबै अत्यन्तै गम्भिर र असह्य कुरा हुन तर जातिय अहंकारकै कारण एकातर्फ प्रभात बोसेलहरु जेल बसिरहेका छन भने अर्को तर्फ बलात्कृत भनिएका प्रति पनि हाम्रो संवेदना देखिदैन ! कस्तो विरोधाभाष निर्माण भैरहेको छ । हाम्रो कानुन, हाम्रो समाज, हाम्रो चेतना र संवेदना अब स्पष्ट हुन जरुरी छ !
गलबन्दी – बोलमाया भाग- २ ले हाम्रो अन्धविश्वास र जात प्रतिको गलत चेतनास्तरलाई चुस्स हिर्काउने प्रयास गर्ने छ !”

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.