5
(1)

नया बर्ष २०२४ को सेरोफेरोमा सार्वजनिक भएको “मुटु कटक्कै” बोलको गीत लिएर आएका छन सर्वाधिक प्रिय गायक प्रकाश सपूत। उनका प्रत्येक गीतले बिवादमा आऊने मात्र होईन रेकर्ड तोड़ने समेत गरेका छन्। बर्ष २०२३ मा सर्वाधिक रुचाईएको प्रकाशको गीत “सकम्बरी” पाँच करोड़ चालीस लाख पटक यूटूबमा हेरेर लोकप्रिय भयों ।

“मायाको गित यति हलुका नहुनुपर्ने हो । मैले पढ्दै आएको, बुझ्दै आएको र बेला बखत स्वयम ले महशुस गरेको माया यस्तो हलुका हुदै होईन ! माया त निकै गहिरो, गरुङगो र भव्य अनुभव हो । तर नसकिने रैछ । माया लाई माया जत्तिकै गरुङगो सिर्जना गर्न नसकिने रैछ । त्यसैले एउटा हल्का फुल्का मायाको गित बनेको छ ।”

-प्रकाश सपूत, गायक

“मुटु कटक्कै” गीत एकै दिनमा दश लाख दर्शकले हेरेर यूटूब ट्रेन्डिङ १ मा उकालो लाग्यो। गीतबारे प्रकाश सपूत भन्छन – “मेरो लागि प्रत्यक सिर्जना एक प्रयोग हो , एक नया अनुभव हो र सामान्य पागलपन हो । कहिले पनि यो त चलिहाल्छ नि भन्ने सोच्दैन । अथवा यस्तो खालको चल्छ यस्तै गरम न भन्ने पनि लाग्दैन बरु यस्तो गरि हेरम न भन्ने लाग्छ । एक्सपेरिमेन्ट गर्न मन लाग्छ ! यसरी आफ्नो मन ले सोचेको कुनै कुनै सबैको मन सम्म पुग्छ । कुनै कोहि – कोहि को मन सम्म मात्रै ! मुटु कटक्कै पनि खोतल्यो भने यस भित्र कथा, पात्र , शब्द र संगित का थुप्रै रंगहरु छन । हाम्रा सपना , सम्बन्ध र आईडियाका केहि आयाम र बिम्ब छन । जे होस यसपाली अलि अलि काम र अलिअलि गफ मिसिएको मेरो सपनालाई पत्याईदिनु भएकोमा यो प्रोजेक्ट संग जोडिनुभएका सम्पुर्ण व्यावसायिक ब्राण्डहरुमा धन्यवाद । आफ्नो कला, सिर्जना र संगित लाई समाजसंग, साहित्यसंग, कथा संग र बजार ( व्यापार) संग जोड्ने प्रयास गरिरहेको छु । “

“मुटु कटक्कै” गीतमा सकम्बरी गीतबाट चर्चामा आएकी कलाकार कुसुम आचार्यले अभिनय गरेकी छिन प्रकाशका साथ। यो गीतमा स्थापित गायकद्वय कुशल बेलबासे र प्रताप दासको स्वर समेत रहेको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.