5
(1)

तेश्रो हप्तामा “तीनपाते” बोलको गीत टिकटकमा भाईरल भएर चर्चा आइरहेको छ।

“आफै मुस्काउ मुसक्क, जुनतारा टिपी कोही दिदैन” पंक्तिमा टिकटक भिडियो १ लाख १३ हज़ारवटा बनेको छ। अर्कों “देखेर तिमीलाई हेरेर तिमीलाई भेटेर तिमीलाई सम्झेर तिमीलाई मनैमनमा तिमीलाई तीनपाते भईदेउ” पंक्तिको टिकटक भिंडियों २ लाख माथी छ।

तीनपाते” बोलको गीतमा सुजन चापागाई र बिधा तिवारीको स्वर रहेको छ। संगीत संयोजन सुजनकै रहेको छ।

हर्क साउदको एकदम ठेट नेपाली शब्दले भरिएको यो गीत यूटूबमा ३५ लाख भ्यूज नाघेर महीनाको उत्कृष्ट पाँच गीतहरुमा पर्न सफल भएको छ ।

आर्टमाण्डू नेपालको प्रस्तुतिमा रहेको यस गीतको कथा र म्यूज़िक भिड़ियो निर्देशन नवीन चौहानले गरेका हुन। यो टीमको परिकल्पनामा २ महीना अघि आएको “के माया लाग्छ र?” ले निकै चर्चा कमाई सकेको छ।

यी दुई चर्चित गीतका रचनाकार हर्क साउदले एपि-१ एच डी संग पछिल्लो अंतरबार्तामा गीति लेखनले जीविकोपार्जन गर्न नसकिने उल्लेख गरेका छन्।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.