युवापुस्ताका चर्चित र्यापर ‘यङ वेभ’ ले आफ्नो नयाँ सांगीतिक सिर्जना ‘भाउ नखाऊ’ सार्वजनिक गर्दै नेपाली हिप-हप बजारमा पुनः तरंग ल्याएका छन्।
यस गीतमा यङ वेभले समकालीन युवा प्रेम, सम्बन्धमा देखिने असमझदारी र आधुनिक जीवनशैलीलाई निकै सरल तर चोटिलो शब्दमा उतारेका छन्। गीतको शीर्षक ‘भाउ नखाऊ’ ले नै युवा जोडीबीचको रोमान्टिक ठट्टा र भावनात्मक उतारचढावलाई प्रतिनिधित्व गर्दछ।
विशाल कँडेलको निर्देशनमा बनेको भिडियोले गीतको शब्दको भावलाई दृश्यात्मक रूपमा पनि जीवन्त बनाएको छ।

Add comment