5
(1)

नेपाली कथानक चलचित्र “डिसेम्बर फल्स”को सार्वजनिक हुने महीना पनि डिसेम्बरकै अन्तिम शुक्रबार (३० गते) हुदैंछ। चलचित्रको सार्वजनिक गीत “फकाउनै जानिन” यो साता यूटूबमा एघार लाख माथि हेरीएर चर्चामा रहेको छ। गायक निशान भट्टराई र मेलिना राईको स्वर रहेको यो गीतमा दीपक शर्माको शब्द र संगीत रहेको छ। यसो त गायक निशान भट्टराई अहिले यूटूबरको निशानामा परेर चर्चामा पनि आएका छन, उनको पारिवारिक जीवनबारे। तर त्यों अपुष्ट समाचारबारे चर्चा नगरौ यहाँ!

“डिसेम्बर फल्स” चलचित्रमा आर्यन सिग्देल, उपासना सिंह ठकुरीका साथ हालै बिवाह बन्धनमा बाधीएका नायक सलोन बस्नेत, शिवहरी पौडेल लगायत कलाकारहरुको अभिनय रहेको छ। आर एण्ड आर प्रोडक्सनको निर्माणमा बीपिका खनालको कथा एवं प्रवीण झाको निर्देशन रहेको बहुप्रतीक्षित यो चलचित्रको ट्रेलर भर्खरै सार्वजनिक भएको छ।

चलचित्र “डिसेम्बर फल्स”को ट्रेलर

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.