5
(1)

दशैं नजिकीएको बेला रात्री बस चढेर घर फ़र्किएको बेला प्रेयसीलाई प्राय के कोशेली बोकर हिड़नु भएको छ? चट्ट कालो चस्मा हैन र !

“धनगढीको बसमा, चट्ट कालो चस्मा” बोलको लोक दोहोरी गीत यसै साता विशाल इन्टरटेन्मेन्ट यूटूब चैनलमा सार्वजनिक भएको छ। अमृत सापकोटा, समीक्षा अधिकारी, कमला घिमिरेको स्वर, नेत्र अर्यालको शब्द र गोबिन्द पगेनीको संगीतमा रहेको यो म्यूज़िक भिडियोको काज़िश श्रेष्ठले निर्देशन गरेका छन।

यूटूबमा सात लाख पटक हेरीएर चर्चामा रहेको यो गीतमा गोबिन्द भट्टराई, समीक्षा अधिकारी, आयुष्मा कार्की र कमला घिमिरेको अभिनय रहेको छ। निकै मन छूने शब्दहरू रहेको यो दोहोरी गीतले दशैमा छूटेका प्रिय प्रियसीलाई माया प्रेमको भाकाले सुनिरहन मन लाग्ने बनाएको छ ।

नहराउनु मदन झै ल्यासामा, बसेका छौ हजुरकै आशामा,

थाहा पाउदिन आगोंले पोल्दा नि, झल्को लाग्छ बाहिर कोही बोल्दा नि,

रमाइलो घर, वल्लो घर पल्लो घर, बल्ल भेटने मिल्दैछ अवसर,

सबको घरमा सेलरोटी पकाउछन, खान्न खान्न भन्दा नि चखाउछन,

धनगढ़ीको बसमा, आउदा मलाई ल्याइदिनु चट्ट कालो चश्मा

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.