5
(1)

बहुचर्चित “सिमसीमे पानीमा” बोलको गीतबाट चर्चाको शिखरमा पुगेकी गायिका रेखा शाहको पछिल्लो तीज गीत ”छमछम पातली कम्मर” अहिले चर्चामा रहेको छ।

नायिका नीता ढूँगाना र रेखाको अभिनय रहेको यो गीतमा रचना टेकेंन्द्र नेपाली र मनोज नेपालीको रहेको छ भने संगीत टेकेंन्द्रको रहेको छ। स्मृति तिमिल्सिनाको निर्देशन/ कोरियोग्राफ़ी रहेको यो म्यूज़िक भिंडियों सार्वजनिक भएको दोश्रो साता १२ लाख पटक हेरीएको छ।

रेखा शाहले “सिमसीमे पानीमा” को कपिराइट म्यूज़िक नेपालबाट नपाएकोले आफू ठगीएको र पछि कपिराइट ऐन आएपछि पाए पनि रोयल्टीबाट सुरुबाट नै बिमुख हूनु परेको गुनासो एक अंतरवार्तामा बताएकी छिन।

“प्रेम राजा महत जसलाई टेलीभिजनमा देखेको मैले, त्यस्तो ठुलो गायकसंग मेरो गीत गाउने कुराले खूसी भए। तर त्यो गीतको रोयल्टी त उहाँले लिनु भो” द प्रकाश सूबेदी सो मा सर्जकहरुको सृजना कसरी चोरी हुने रहेछ भन्ने बारे रेखा शाहले आक्रोशित भएर बताएकी थिईन।

सिमसीमे पानीमा” गीतको रोयल्टीबाट विमुख हुने देखी जीवनको आरोह अवरोहका बारे रेखा शाह द प्रकाश सूबेदी सो मा खुलेर बोलेकी छन

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.