केन्द्र मोसन पिक्चर्सको प्रस्तुतिमा पल शाह र मलिका महत अभिनित फिमेल भर्सनमा रहेको गीत सार्वजनिक भएसंगै चर्चामा आएको छ। एकै दिन आठ लाख पटक यूटूबमा हेरीएको निकिता थापाको स्वर रहेको ” तिम्रो मनमा ए कान्छा” बोलको गीतमा निमा रायको शब्द तथा संगीत तथा सान थापाको निर्देशन रहेको छ।
पछिल्लो छ महीनाभित्र सार्वजनिक पल मलिका जोड़ीको तीनवटा गीतहरू यूटूबमा जोड़दा १२ करोड़पटक हेरीएको छ। फुलबुट्टे सारी, टाढा भएपनि, आँखामा आउने सपनी बोलका यी गीतहरू पनि केन्द्र मोसन पिक्चर्सको प्रस्तुतिमा सार्वजनिक भएको थियो।