5
(2)

दशैमा प्रदर्शनमा आऊने नेपाली र हिन्दी भाषामा निर्माण भएको चलचित्र “प्रेम गीत ३” को मुख्य गीतहरु हालै सार्वजनिक भएको छ।

नेपालीमा “मायाको गाऊँ” बोल रहेको गीत प्रताप दासको स्वरमा ओएसआर डिजिटल यूटूब चैनलमा आज सार्वजनिक भएको छ भने हिन्दी भाषामा “कोही न कोही नाता हे” बोल रहेको यो चलचित्रको गीत जुबिन नौटियालको स्वरमा जी म्यूज़िक कम्पनीको यूटूब चैनलमा आएको छ।

नायक प्रदीप खड़का र नायिका क्रिस्टीना गुरुङको मुख्य भूमिका रहेको यो चलचित्रको निर्देशन चेतन गुरुङ र सन्तोष सेनले गरेका छन। सम्भवत पहिलो पल्ट नेपाली कलाकारहरु अभिनित चलचित्रले भारतका मुख्य शहरहरुमा प्रदर्शन मात्र होईन, भारतीय चलचित्रहरु संग प्रतिष्पर्धा गर्ने बताईएको छ ।

प्रेम गीत ३ मा योद्धाको भेषभूषामा देखिने नायक प्रदीप खड़काको निकै फरक ग्रामीण जीवनबारे अभिनय रहेको चलचित्र “प्रकाश” आज देखी हलहरुमा अर्कों चलचित्र “राधा” संग खरों प्रतिष्पर्धामा उत्रिसकेको छ।

हिन्दी भाषामा सार्वजनिक प्रेम गीत ३ को गीत “कोही ना कोही नाता हे”

Average rating 5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.