5
(7)

हालै सार्वजनिक उर्गेन दोङ र अश्मिता अधिकारीको स्वरमा रहेको “टाढा भए पनि” बोलको गीतको दोश्रो भागमा चर्चित पिएम जोड़ीको नामले चर्चामा रहेका पल शाह र मलिका महतको जोड़ीको अभिनय देख्न पाइएन।

मलिका त छिन तर उनको साथमा अर्का कलाकार बिजय दोङले साथ निभाएका छन तर दर्शकको आखाले भने पल खोजीरहेको हुन्छ, गीत भरी नै । “टाढा भए पनि- २” गीतले तेश्रो दिन दश लाख यूटूब हिट्स क़ायम गरेर चर्चामा क़ायम रहेको छ। एक बर्ष अगाड़ी आएको पल मलिका अभिनीत गीतको पहिलो भाग अहिले सम्म साढ़े पाँच करोड़ पटक यूटूबमा हेरीएको छ।

ओईलिदैन हाम्रो माया फूल ओईली गए पनि

गाढ़ा छ है तिम्रो मेरो माया टाढै भए पनि ।।

तिमी चिन्ता नगर सानु मेरै भर पर

तिमी मेरी पीपल म त हु तिम्रै हु बर ।।

केहि दिनमै आउला मत, बरु आफ्नो ख्याल गर

याद आउदा रुने हैन मलाई एक कल फोन गर।।

(गीतको केही हरफ़हरु)

“फूलबुट्टे सारी” बोलको गीतबाट चर्चाको शिखरमा पुगेको पल मलिका जोड़ी पछिल्ला गीतहरु प्रायः सबै चर्चामा आएका थिए।

बलात्कारको मुद्दामा अदालतले पल शाहलाई पुर्पक्षको लागि थुनामा राख्ने निर्णय गरे संगै कैयौ गीतहरु लगायत चलचित्रहरुको छायाङकन अपुरो रहेकोले निर्माताको करोडौ रकम डुबेका समाचारहरु बाहिरीएको छ।

पल शाह पिएम जोड़ीबाट मात्र होईन, दर्शकको मायाबाट समेत टाढा भए पनि नेपाली गीत संगीत क्षेत्रले उनको योगदानलाई भने नबिर्सिने गरी माया गर्नेछ।

पल शाहका शुभेच्छुक गणेश बमजनले “टाढा भए पनि- २” गीत सार्वजनिक भएको बिअर्न स्टूडियो नेपाल यूटूबमा प्रतिक्रिया दिदै लेखेका छन् –

“मैले यो गीत अनि भिडियोको कथामा मलिका महतको साथमा पल शाह लाई सम्झेर हेरेको अक्छिन, र आँसु थाम्नै सकिन।”

Average rating 5 / 5. Vote count: 7

No votes so far! Be the first to rate this post.