भोटेकोशी र त्रिशूली नदीमा आएको प्रलयकारी बाढीले जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुर्याए पनि देश पुनः अन्धकारको युग (लोडसेडिङ) तिर नफर्कने पूर्व ऊर्जामन्त्री एवं नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले दाबी गर्नुभएको छ।
पत्रकार विनोद ढुङ्गेलसँगको अन्तरवार्तामा बोल्दै घिसिङले बाढीका कारण कुल उत्पादन क्षमताको करिब १० प्रतिशत जति क्षति पुगेको भए तापनि प्रणालीमा पर्याप्त वैकल्पिक उत्पादन र निर्माणाधीन आयोजनाहरू रहेकाले लोडसेडिङ हुने अवस्था नरहेको स्पष्ट पार्नुभयो।
अन्तरवार्ताका क्रममा उहाँले हालैको प्राकृतिक विपत्ति, सुरुङभित्र फसेका श्रमिकहरूको उद्धार, नीतिगत कमजोरी, नदी किनारका संरचना व्यवस्थापनका साथै आफ्नो राजनीतिक यात्रा र नयाँ दल ‘उज्यालो नेपाल पार्टी’ को भावी रणनीतिबारे आफ्ना धारणा सार्वजनिक गर्नुभयो।
देशमा राजनीतिक अस्थिरता अन्त्य गर्दै आर्थिक रूपान्तरण र समृद्धिका लागि स्पष्ट योजनाका साथ अघि बढ्नुपर्नेमा उहाँको जोड थियो।

Add comment