5
(1)

अहिलेका चर्चित कलाकारहरु पल शाह, दुर्गेश थापा, सुधीर श्रेष्ठसंग दशरथ रंगशालाको मैदानमा अभिनय गर्दै देख़ीएकी छिन एलिजा गौतम ।

चर्चित फ़ुटबल खेलाड़ी हरि खड़का एम्पायरको रूपमा छन। आज सार्वजनिक भएको “ किन यस्तो भो” बोलको यो गीतमा चर्चित पत्रकार ऋषि धमलालाई पनि पत्नी एलिजासंग खेल मैदानमा मिलेको देखाईएको छ।

ऋषिलाई देखाईएपछि “ येल्ले त जहिले गर्छ हमला” को संवाद पनि राखीएको छ। अब यि पत्रकारलाई यत्र तत्र सर्वत्र देखिएको जस्तों भाव समेत गीतबाट देखिन्छ। नहोस पनि किन टिभीमा पत्रकार सम्मेलन, अंतरबार्ता देखी गीतमा पनि देखिए पछि अब ऋषि धमला मोडेल बनेर अर्कों गीतमा जमे भने तपाई चकित नपर्नु होला!

दुर्गेश थापा, डेविंड शंकर र बेनिशा पौडेलको स्वर, सरोज ओलीको शब्द र दीपक शर्माको संगीत रहेको यो गीतको कथा र कोरियोग्राफ़ी सुनील क्षेत्रीको रहेको छ भने निर्देशन सरोज ओलीकै रहेको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.