5
(1)

“लुकी लुकी आँखा तिमी नजुधाउ त्यसरी” को चर्चित भाकामा रहेको गायक धीरज राईको पुरानो गीतको म्यूज़िक भिंडियों हालसालै सार्वजनिक भएको छ।

नायिका आँचल शर्माको अभिनय समेत रहेको यो गीतलाई माइकल चन्दले निर्देशन गरेका छन।

ट्रि इण्टरटेनमेण्ट यूटूब चैनलमा सार्वजनिक भएको दोश्रो सातामा “लुकी लुकी” बोलको गीतको म्यूज़िक भिंडियों आठ लाख पटक हेरीएर चर्चामा रहेको छ।

गायक धीरज राईको फ़ेसबुक पेजबाट साभार

नेपाली माइकल ज्याक्सनको उपनामले समेत चर्चित गायक धीरज राई हालै हिमालयन टेलीभिजनमा शुरू भएको रियालिटी शो “डान्सिङ स्टार्स नेपाल” मा प्रतिष्पर्धीको रूपमा आएका छन। उनी अब लुकी लुकी होईंन, नाची नाची आँखा जुधाएको देखिने छ, कोरियोग्राफर अनुजा अग्रवालसंग।

धीरज राई प्रतिष्पर्धी रहेको हालै शुरू भएको “डान्सिङ स्टार्स नेपाल” को पहिलो इपिसोड

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.