5
(2)

सुदिन पोखरेल अर्थात DA69 को “ज्वाला” बोलको र्याप गीत यसै साता सार्वजनिक भएको छ। ब्रिजको निर्माण र संगीत रहेको यो गीतको निर्देशन राज रानाले गरेका हुन।

हाल अस्ट्रेलिया बसोबास गर्ने गायक सुदिन पोखरेलले नेपाली लाइभसंग “ज्वाला” गीतबारे संक्षिप्त प्रतिक्रिया दिदै भने- “नेपाली र्याप उद्योगमा भैरहेका केहि बिसंगति माथि कटाक्ष प्रहार – समझाऊदै, यो विधाको संगीतको पनि हाम्रो समाज प्रति दायित्व छ , तथानाम बिक्ला तर भोलि फर्किएर हेर्दा आफैलाई हिनता बोध नहोस् ।”

“ म हराएको छैन न त सेलाएकै, आगो थियो अब ज्वाला “ भनेर झण्डै दुई दशकपछि र्यापर सुदीन सन् २०२२ मा विभिन्न पाँच नया प्रोजेक्टहरु सहित उदाउने भएका छन्।

खेल पत्रकारितामा समेत उल्लेख्य अनुभव रहेका सुदिनको स्कोरबोर्ड नामको सो समेत आउने भएको छ।

Average rating 5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.