अहिलेकी चर्चित गायिका एलिना चौहानको स्वरमा आएको “ कुरौटे” बोलको गीत सार्वजनिक भएको दोश्रो सातामा लोकप्रिय भैरहेको छ। यूटूबमा चार लाख नजिक हेरीएको चेतन गोतामे निर्देशित यो गीतमा कुरा काटने जमातलाई शुभकामना र सदभावको ओईरो पस्कीएको छ।
भीम नेपालीको संगीत र सरोज रोशन भट्टराईको शब्दमा रहेको यो गीतमा “कुरा काटनेलाई भातको सट्टा खिर” देखी सुनको सिरानी र टेस्ला कार मिलोस भन्ने शुभेच्छा रहेको छ।